हुण्डाईले एक्सचेन्ज योजनामा १ लाख ४० हजारसम्म एक्सचेन्ज बोनस दिने भएको छ।
हुण्डाईको लागि नेपाल आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले माघ २६ देखि फागुन २ गतेसम्म एक्सचेन्ज योजना ल्याएको हो।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने यो योजनामा ग्राहकले एक्सचेन्जमा उच्च मुल्याङ्कन, आकर्षक नगद छुट, १५ हजार रुपैयाँ बराबरकोे लोयल्टी बोनस १ लाख ४० हजारसम्म रुपैयाँको एक्सचेन्ज बोनसका साथै ६ वर्षको फ्री सर्भिसर ३ वर्षको वारेन्टी पाउनेछन्।
यो योजना नेपालका सबै डिलर नेटवर्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लिन रहेको र यस देश व्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने कम्पनीका महाप्रवन्धक रुपेश शर्मा भट्टले बताए।