अटोमोबाइलको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका विमल पौडेल र विनोद अधिकारीले इञ्जिन टु मुफ्लर्स अटोपार्ट्स सुरू गरेका छन्।
काठमाडौंको बसुन्धारामा रहेको आउटलेटको उद्घाटन गर्दै अटोमोबाइल्स एसोसिएसन नेपाल (नाडा) का सचिव अनुप बरालले 'जेन्युन पार्ट्स' विक्रीका लागि ई टु एम सुरू गरिएकाले यसको भविष्य राम्रो भएको बताए।
मारुती सुजुकी, हुन्डाई, ड्याट्सन लगायतका गाडीहरूको 'जेन्युन' पार्टपुर्जा सुपथ मूल्यमा उपलब्ध गराउने र देशैभर ट्रान्सपोर्टमार्फत् डेलिभरी गर्ने उद्देश्यले ई टु एम सुरू गरिएको सञ्चालक विमल पौडेलले बताए।
काठमाडौं बाहिरका ग्राहकले सामान्य पार्टपुर्जाको अभावमा हप्तौंसम्म गाडीको मर्मत हुन नसकी प्रयोग गर्न नपाउने अवस्थाको अन्त्य ई टु एमले गर्ने पौडेलको दाबी छ।
साथै, पन्ध्र सय वर्गफिटको गोदाममार्फत होलसेल विक्री सुरू गरिएको र बदलिँदो सपिङ परिदृश्यलाई मध्यनजर गर्दै ई टु एमले छिट्टै अनलाइनमार्फत् बुकिङ लिएर डेलिभरी दिने योजना बनाएको सञ्चालक विनोद अधिकारीले बताए।