टिभिएस मोटर कम्पनीले अमेरिकी फिल्म श्रृंखला 'मार्भल्स एभेन्जर्स' प्रेरित टिभिएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ।
बिहीबारदेखि कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर उक्त संस्करण नेपालमा सुरू गरेको हो। यो आइकोकनिक मार्भल सुपर हिरोहरूद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर रहेको कम्पनीको भनाइ छ।
सुपरस्क्वाड संस्करण क्रमशः हलिउड फिल्महरू ‘आइरन म्यान’, ‘ब्ल्याक प्यान्थर’ र ‘क्याप्टेन अमेरिका’बाट प्रेरित तीन रङ इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन्।
नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टिभिएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा धेरै बिक्री भएको र रूचाइएको स्कुटर भएको बताए।