नेपालमा निशान गाडीका अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निशानको नयाँ एसयुभी गाडी सार्वजनिक गर्ने भएको छ। आउँदो सोमबार ‘निशान म्यागनाइट’ सार्वजनिक गर्न लागिएको हो।
कम्पनीकाअनुसार यो गाडीको मूल्य जानकारी सोही दिन दिइनेछ। नयाँ म्यागनाइट गाडी देशभरका सोरुममा उपलब्ध हुनेछ।
पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारदाले नयाँ गाडी लन्च निशानको नेपाल बजार र मूल्यवान ग्राहकप्रति प्रतिबद्धताको प्रतिक रहेको बताए। बिग, बोल्ड, आकर्षक फिचरमा यो गाडी आउने उनले बताए।