आइएमई मोटर्स प्रालीद्वारा प्रवद्र्धित अशोक लेलैन्डले भिकिङ२२२ मोडल बसका ग्राहकहरुलाइ च्यासिस हस्तान्तरण गरेको छ।
प्रेसिडेन्ट इन्टरनेशनल अपरेशन संजय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयूक्त रूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो।
प्रेसिडेन्ट संजय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए।
उनले आगामी दिनहरुमा भिकिङ२२२ लाई अझै बढी प्रवद्र्धन सहयोग गर्न आग्रह गरे। उक्त बसलाई रुट बसमा चल्ने बसमध्ये सबैभन्दा धेरै रुचाइएको कम्पनीको भनाइ छ।
यसमा इनलाईन फ्युल पम्प छ। जसमा एच सिरिज इन्जिन रहेको छ। यसकारण इन्धन कम खपत हुन्छ। साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ। यसमा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएकाले १८० एच पी इन्जिनमा द्रुत गतिमा कुद्छ।