गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयलले सिन्धुली अटो सुकेधाराका सञ्चालक हिरणबहादुर बुढाथोकीलाई सुजुकी स्विफ्ट जेडएक्सआई गाडी दिएको छ।
काठमाडौं क्षेत्रमा धेरै लुब्रिकेन्ट बिक्री गरेवापत क्लब स्किम अन्तर्गत हिरणबहादुरलाई उक्त गाडी दिइएको हो।
शुक्रबार नेपाल ल्युब आयलका जनरल म्यानेजर गंगाराज भट्टराई (प्रकाश) र एभ ट्रेडिङका प्रबन्ध सञ्चालक मधुसूदन सिग्देलले हिरणबहादुरलाई गाडी दिएका हुन्।
बुढाथोकीले विगत ४ वर्षदेखि नेपाल ल्युब आयलको काठमाडौं क्षेत्रको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालि अन्तर्गत गल्फ लुब्रिकेन्ट बिक्री–वितरण गर्दै आएका छन्।
गल्फ लुब्रिकेन्ट धेरै बिक्री गर्ने र अर्को आर्थिक वर्षमा समेत धेरै बिक्री गर्न प्रतिवद्धता व्यक्त गर्ने बिक्रेताहरुलाई नेपाल ल्युब आयलले क्लब स्किम अन्तर्गत सुजुकी गाडी हस्तान्तरण गर्ने गरेको छ।