नेपालमा धेरै ब्रान्डका गाडीहरुको आधिकारिक वितरक छन्। सामान्यतया हामी ती ब्रान्डका नामको अर्थ खोज्दैनौं। प्रत्येक गाडीको नामको अर्थ भने छ।
भारतीय संचार माध्यम अज तकको सहयोगमा हामी ती गाडीको नामको अर्थबारे जानकारी दिदैछौँ।
मारुती सुजुकी
भारतको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी मारुती सुजुकी हो। सन् १८८२ भन्दा पहिले यो कम्पनीको नाम मारुती उद्योग कम्पनी थियो। मारुतीको अर्थ हावा हो।
यो कम्पनी सन् १९७० मा स्थापना भएको हो। सन् १९८२ मा मारुती उद्योग लिमिटेड र जापानको अटोमोवाइल कम्पनी सुजुकीबीच ज्वाइन्ट भन्चर एग्रिमेन्ट भयो। त्यसपछि कम्पनीको नामा मारुती सुजुकी लिमिटेड बन्यो।
हुन्डाई
भारतको दोस्रो ठूलो गाडी कम्पनी हुन्डाइ हो। यो नाम कोरियाली शब्द हान्जाबाट प्रेरित छ। हान्जाको अर्थ आधुनिक समय हो। सन् १९४७ मा चुङ्ग जु–यङ्गले एउटा सानो कन्स्ट्रक्सन फर्मको रुपमा हुन्डाइको सुरुवात गरेका हुन्।
होन्डा
विश्व चर्चित ब्रान्ड होन्डाका संस्थापक सोइकिरो होन्डाले आफ्नो थरलाई ब्रान्ड बनाए। कम्पनी स्थापना गर्नु भन्दा पहिले उनी एउटा ग्यारेजमा काम गर्थे। त्याहाँ उनले सामान्य कारलाई मोडिफाई गरेर रेसिङ कार बनाउँथे।
फोर्ड
फोर्डका संस्थापक हेनरी फोर्डले आफ्नो थरलाई ब्रान्डको नाम दिएका हुन्। फोर्ड त्यो सिमित कम्पनी मध्ये पर्छ जुन १९१३मा भएको विश्व आर्थिक मन्दीलाई झेल्न सफल भयो।
टोयोटा
टोयोटा आफ्नो पावर र पर्फमेन्सको कारण संसारभरी नै चर्चित छ। टोयोटाको नाम यसको फाउन्डर साकिची टोयोडाको थरबाट प्रेरित छ। पहिले यसको नाम टोयोडा थियो। पछि नाम बदलेर टोयोटा बनाइयो।
डाट्सन
यसको नाम पहिले डाट थियो। यो डेन, अयोमा र टेकियूचीको पहिलो अक्षरबाट लिइएको हो। पछि नाम बदलेर मबतकयल नाम बनाइयो। निसान मोटरले यो कम्पनी किनेपछि यसको नाम मबतकगल बनाइयो।
निशान
जापानको चर्चित अटोमोवाइल कम्पनी निशानको नाम पहिले निप्पोन स्यान्ज्यो थियो। पछि यो नामको सर्ट फर्मको रुपमा निशान बनाइयो।
रेनो
फ्रान्सको कार निमार्ता कम्पनी रेनो नेपालमा पनि चर्चित छ। यसको नाम कम्पनीका फाउन्डर लुइस रेनो केएस थरबाट राखिएको हो।
फक्सवागन
यो कम्पनीको सुरुवात नाजी सोसल पार्टीले गरेको हो। जर्मनीका तत्कालिन शासाक हिटलरले सामान्य जनताले चढ्न सक्ने सस्तो गाडी बनाउन चाहान्थे।
यो कम्पपनीको नाम फक्स र वागन शब्द मिलेर बनेको हो। जर्मन भाषामा फक्सको अर्थ जनता र वागनको अर्थ साधन हो।
बिएमडब्लु
केही समय अघि मात्रै नेपालमा बिएमडब्लु भित्रिएको छ। यो नाम बाभरिएन मोटर वर्कसो सर्ट फर्म हो।