बजाज अटोले भारतमा पल्सर १८० सार्वजनिक गरेको छ। यो मोडल पहिलेको भन्दा केही परिमार्जन गरिएको कम्पनीले जनाएको छ।
यसमा नयाँ हेडलाईटसँगै एएचओ (अटो हेडल्याम्प अन), २ वटा पाइलट ल्याम्प दिइएको छ।
त्यसैगरी, स्पोर्ट स्प्लिट सिट दिइएको छ जसले सिटमा चिप्लने समस्या हल गर्छ। यसमा रहेको कालो अलोय ह्विल र इन्फिनिटी टेल ह्याम्पले यसलाई स्र्पोटी बनाएको छ।
पावरको लागि यो मोटरसाइकलमा १७८ सिसी, ४–स्ट्रोक, एसओएचसी २ भल्व, एयर कुल्ड, बिएस६ कम्प्लाएयन्ट डिटिएसआई इन्जिन दिइएको छ।
यो इन्जिनले ८ हजार ५ सय आरपिएममा १७ बिपिएच पावर र ६ हजार ५ सय आरपिएममा १४.५२ एनएम टर्क जेनेरेट गर्छ।
५ स्पिड गियर बक्स रहेको यो मोटरसाइकलमा फ्रन्टमा २८० मिलीमिटर र रेयरमा २३० मिलीमिटर डिस्क ब्रेक जडान गरिएको छ।
यसको लम्बाई २०३५ मिलीमिटर, चौडाई ७६५ मिलीमिटर र उचाई १११५ मिलीमिटर छ भने ह्विलवेस १३४५ मिलीमिटरको छ।
यो मोटरसाइकलमा १५ लिटर फ्यूल ट्याङ्क छ। यसको ग्राउण्ड क्ल्येरेन्स १६५ मिलीमिटरको छ।
कम्पनीले भारतमा यो बाइकको मूल्य १ लाख ७ हजार ९ सय ४ रुपैयाँ निर्धारण गरेको छ।