हुन्डाईको नयाँ ‘आई २०’ ले अइकोटी (इन्डियन कार अफ द इयर २०२१) अवार्ड जितेको छ।
गत ५ नोभेम्बरमा बजारमा आएको यो गाडी भारतमा सबैभन्दा धेरै बिक्ने गाडी मध्येमा परेको भारतीय संचार माध्यम आजतकले जनाएको छ।
किया सोनेट, महिन्द्रा थार, हुन्डाई क्रेटा, हुन्डाई औरा, होन्डा सिटी, टाटा अल्ट्रोज, किया कार्निभल, र एमजी ग्ल्स्टरलाई उछिन्दै आई २० ले यो उपाधि हात पारेको हो।
आईकोटी अवार्डको ज्युरीमा भारतका विभिन्न १७ वटा अटो पब्लिकेशन पत्रकारहरु सामिल थिए।
नयाँ आई २० मा बोस कम्पनीको स्पिकर, ब्लुतुथ कनेक्टिभिटी, एयर प्यूरिफायर, म्याप अपडेट, हिल असिस्ट लगायतका फिचर्स दिइएको छ।
हुन्डाईको लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले यो गाडी बैशाखमा नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ।