हुन्डाइको व्यापार २६ प्रतिशत बढीले वृद्धि भएको छ। हुन्डाइ मोटर इन्डियाले यो फेब्रुअरीको सेल्स रिपोर्ट जारी गरेको छ।
सेल्स रिपोर्ट अनुसार गत वर्षको तुलनामा सो महिनामा हुन्डाइ गाडीको व्यापार २.६४ प्रतिशतले बढेको हो।
हुन्डाइ मोटर इन्डियाले शेयर बजारमा पठाएको सूचनाअनुसार कम्पनीले फ्रेब्रुअरी २०२१ मा ६१ हजार ८ सय गाडी बिक्री गरेको छ।
कम्पनीले फ्रेबुअरी २०२० मा ४८ हजार ९ सय १० युनिट गाडी मात्र विक्री गरेको थियो।
भारत भित्रै पनि हुन्डाइका गाडीको सेल्स २९ प्रतिशतले बढेको छ। फेब्रुअरी २०२० मा ४० हजार १० यूनिट विक्री भएकोमा फेब्रुअरी २०२१ मा ५१ हजार ६ सय युनिट गाडी विक्री भएको छ।
भारत बाहिरको निर्यात पनि १४.६ प्रतिशतले बढेको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ।
गत वर्ष फेब्रुअरीमा ८ हजार ९ सय युनिट निर्यात भएकोमा यो वर्षको फेब्रुअरीमा १० हजार २ सय युनिट गाडी निर्यात भएको छ।