दिल्ली सरकारले ३ सय बिजुली बस खरिद गर्ने भएको छ। दिल्ली परिवहन निगमले हालै ३ सय बिजुली बस खरिद गर्न अनुमती दिएको हो।
यी बिजुली बसमा एयर कन्डिसनर, सिसिटिभी, जिपिएसलगायत सबै आधुनिक सुविधा हुने भारतीय संचार माध्यम जी बिजले जनाएको छ।
विद्युतीय सवारी साधनको संङ्ख्या बढाउन दिल्ली सरकारले विभिन्न योजना बनाइरहेको छ।
सरकारले बिजुली गाडी मात्र भाडामा लिने निती बनाएको दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले बताए।
यो निती कार्यान्वयन गर्न ६ महिनाको समयसिमा निर्धारण गरिएको छ। हाल दिल्ली सरकारसगँ २ हजार वटा भाडाका सवारी साधन छन्।
यो विषयमा दिल्लीका मूख्यमन्त्री अरविन्द केजरिवालले ट्विट गर्दै सरकार सार्वजनिक परिवहन व्यवस्थालाई विद्युतीय सवारीमा बदल्न प्रतिवद्ध रहेको बताए।
दिल्लीको परिवहन नीति विश्वलाई उदाहरण हुने उनको भनाइ छ।
नेपाल सरकारले पनि ३ सय बिजुली बस खरिद गर्ने घोषणा गरेको थियो। बिजुली बस खरिद गर्ने जिम्मेवारी साझा यातायातलाई दिएपनि पछि सरकारले त्यो निणर्य फिर्ता लिएको थियो।
हाल सरकारले बिजुलीबस खरिद गर्न पुन साझालाईनै दिने निणर्य गरेको छ।