बजाज प्लाटिनाको नयाँ संस्करण सार्वजनिक भएको छ।
यसमा १०२ सिसी, ४ स्ट्रोक, सिङ्गल सिलिन्डर डिटिएआई इन्जिन दिइएको छ।
यसले ७ हजार ५ सय आरपिएममा ७.९ पिएस पावर र ५ हजार ५ सय आरपिएममा ८.३ एनएम टर्क जेनेरेट गर्छ।
४ स्पिड गियर बक्स रहेको यो मोटरसाइकल पहिले भन्दा आरामदायी बनाइएको कम्पनीले जनाएको छ।
सिट हाइट ८०७ मिलिमिटर रहेको यो मोटरसाइकलको २०० मिलिमिटर ग्राउण्ड क्लेयरेन्स छ।
यसमा ११ लिटरको फ्यूल ट्याङ्क दिइएको छ भने मोटरसाइकलको कुल वजन १ सय १७ किलो छ।
यो इएस ड्रम, इएस डिस्क र केएस गरी ३ वटा भेरिएन्टमा उपलब्ध रहेको भारतीय संचार माध्यम जि बिजले जनाएको छ।
कम्पनिले भारतमा यसको इएस ड्रमको ५९ हजार ८ सय ५९, इएस डिस्कको ६३ हजार ५ सय ७८ र केएसको ५२ हजार ९ सय १५ भारतीय रुपैया निर्धारण गरेको छ।
यो मोटरसाइकलमा चलाउन छुट्टै अनुभव हुने बजाज अटोका मार्केटिङ प्रमुख नारायणन सुदररामनले बताए।
हालसम्म बजाज प्लाटिना ७० लाखभन्दा धेरैको रोजाइमा परेको उनले जानकारी दिए।