चिनियाँ मोटरसाइकल ब्राण्ड जोङसेनका उत्पादन नेपाल आउनेभएको छ। रिजोन मोटर प्रालिले जोङसेन ब्राण्डका मोटरसाइकल नेपाल ल्याउने घोषणा गरेको हो।
कम्पनीका अनुसार जोङसेन मोटरसाइकल असारदेखि नेपालमा विक्री सुरु हुनेछ।
हाल कम्पनीले प्रविधिक कामहरु गरिरहेको छ भने, चाँडै नै नेपालका विभिन्न सहरहरुमा शोरुमसमेत स्थापना गर्ने कम्पनीको योजना छ।
पहिलो चरणमा २ मोडलका मोटरसाइकल र एक मोडलको स्कुटर नेपालीबजारमा विक्री सुरु गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले दोस्रो चरणमा थप ४ मोडलका स्कुटर तथा मोटरसाइकल नेपाल भित्र्याउने जनाएको छ। केही समयपछि इलेक्ट्रीक स्कुटरसमेत नेपाल ल्याउने कम्पनीको तयारी छ।
कम्पनीका अनुसार जोङसेनका २ लाखदेखि ८ लाखसम्मका मोटरसाइकल नेपाल भित्रने छन्।
जोङसेन मोटरसाइकल हाल विश्वका ८० भन्दा धेरै देशमा विक्री भइरहेको छ भने चिनियाँ टप ५ उत्पादक मध्ये एक भएको कम्पनीको दावी छ।
रिजोन मोटर्सले विक्रीपछिको सेवालाई मध्यनजर गर्दै यसको पार्टस् तथा सर्भिस सेन्टरको निर्माण तथा विस्तारको काम सुरु गरिसकेको छ।
कम्पनीले जोङसेन मोटरसाइकलको ब्राण्ड एम्बेसडरमा हास्य कलाकार हरिष निरौला ‘कक्रोज’लाई नियुक्त गरेको छ।