भारतमा निशान म्याग्नाइटको टर्बो पेट्रोल इन्जिन भेरिएन्टको मूल्य बढेको छ। टर्बो पेट्रोल इन्जिन भेरिएन्टको मूल्यमा ३० हजार भारु वृद्धि भएको हो।
टर्वो इन्जिनमा प्रयोग हुने सेमी कन्डक्टरको मूल्य १३०० प्रतिसतसम्म बढेका कारण गाडीको मूल्यमा वृद्धि भएको कम्पनीले बताएको छ।
भारतीय अटोमोवाइल बजारको प्रभाव प्रत्यक्ष रुपमा नेपालमा पर्ने भएकोले यहाँ पनि टर्बो पेट्रोल इन्जिन भेरिएन्टको मूल्य बढ्ने निश्चत जस्तै छ।
केही समयअघि भारतमा अरु ब्रान्डको मूल्य बढ्दा त्यसको केही समयपछि नेपालमा पनि बढेको थियो।
तर, नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले भने यसबारे प्रतिकृया दिएको छैन।
भारतमा निसान म्याग्नाइटले निकै आक्रामक बजार लिइरहेको छ। करिव एकसाता पहिले मात्र ५० हजार युनिट बुकिङ पुगेको निसान इन्डियाले बताएको थियो। भेरिएन्ट अनुसार भारतका विभिन्न सहरमा निसान म्याग्नाइट किन्न चाहनेले ४ महिनादेखि ८ महिनासम्म पर्खिनु पर्ने अवस्था छ।
निशानको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले दुई हप्ताअघि म्यागनाइट एसयूभी नेपाली बजारमा ल्याएको हो।
यसको सेल्स, बुकिङ र इन्क्याएरी निकै राम्रो भइरहेको निशानको लागि नेपालको आधिकारिक वितरक पयोनियोर मोटोकर्पका असिस्टेन्ट जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले जानकारी दिए।
१.० लिटर बि४डी पेट्रोल म्यान्यूअल ट्रान्समिसन र १.० लिटर एचआरएओ टर्बो पेट्रोल म्यान्यूअल ट्रान्समिसनमा उपलब्ध म्यागनाइट विभिन्न ११ भेरिएन्टमा छ।
यसमा पेट्रोल इन्जिनले ६ हजार २ सय ५० आरपिएममा ७२ पिएस पावर र ३ हजार ५ सय आरपिएममा ९६ एनएम टर्क जेनेरेट गर्छ।
यसको डिजेल इन्जिनले ५ हजार आरपिएममा एक सय पिएस पावर र २ हजार ८ सयदेखि ३ हजार ६ सय आरपिएममा १६० एनएम टर्क जेनेरेट गर्छ।
सुरक्षाको लागि यसमा डुअल एयरब्याग, एबिएस, इबिडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ट फग ल्याम्प, स्पिड सेन्सिङ लक, रेयर क्यामरा विथ प्रोजेक्सन गाईड, हिल स्टार्ट असिस्ट, रिमोट किलेस इन्ट्री लगायतका फिचर्स समावेस गरिएको छ।
त्यसैगरी, ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि दिइएको छ।
इन्स्ट्रुमेन्ट क्लस्टरका लागि ७.० इन्च टिएफटी डिस्प्ले रहेको कम्पनीले बताएको छ।
यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, स्ल्कि हेड ल्याम्प, एडजस्टेवल सिट, पावर विन्डो, पावर स्टेरिङ, एयर कन्डिसनर विथ हिटर, क्रुज कन्ट्रोल, वायरलेस चार्जर, एयर प्यूरिफायर लगायतका फिचर्स दिइएको छ।
२०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ३३६ लिटर बुट स्पेस छ। म्यागनाइट विभिन्न ८ वटा रङ्गमा उपलब्ध छ।
कम्पनीले यसको मूल्य २९ लाख ४९ हजार देखि ४२ लाख ७९ हजारसम्म निर्धारण गरेको छ।