पियाजियो र एम.भी. दुगड ग्रुपले अप्रिलिया एसएक्सआर १६० नेपालमा सार्वजनिक गरेको छ।
यो स्कुटर आइतबार पियाजियो इडियाका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल, एम.भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, उपाध्यक्ष विजय महतोले सार्वजनिक गरेका हुन्।
यो स्कुटरमा सिङ्गल सिलिन्डर,४–स्ट्रोक, एयर–कुल्ड, ३ भल्भ, फ्युल इन्जेक्शन (एफआइ),कम कार्वन इमिसन इन्जिन टेक्नोलोजी (बिएसभिआइ) जडान गरिएको छ। जसले ७१००आरपिएममा ११ पीएसको पीक पावर उत्पादन गर्दछ। यसमा आरामदायी सिट छ।
स्कुटर १२ भोल्ट, ५.० एएच.एमएफ ब्याट्री र ७ लिटर इन्धन क्षमतामा छ। यसमा एलइडी टेक्नोलोजी ट्वीन्स क्रिस्टल हेड लाइट र आइलाइन पोजिसन लाइटसहित मर्ज भएको फ्रन्ट इन्डिकेटर छ। यसैगरी ३कोट एचडी बडी पेन्ट फिनिस, अफ्रिलिया फिचर ग्राफिक्स, म्याट कालो डिजाइन गरिएको छ।
यो डार्क क्रोम एलिमेन्टससहित उपलब्ध गराइएको छ।
एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस) भएको उक्त स्कुटर भेन्टिलेटेड डिस्क ब्रेक र ट्वीन्स पोट क्यालिपर हाइड्रोलिक ब्रेकमा आउँछ। यसले बे्रकिङमा उच्च सुरक्षा दिने कम्पनीको भनाइ छ।
अप्रिलिया एसएक्सआर १६० ग्लसी रेड, म्याट निलो, ग्लसी ह्वाइट र म्याट ब्ल्याक रंगमा पाइन्छ।