टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले 'बिएस सिक्स फरेवर' रेन्जमा पर्ने नयाँ पाँच गाडी एकैपटक भित्र्याएको छ।
सिप्रदीले बिएस सिक्स फरेवर रेन्जका टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एचफाईभ नेपाली बजारमा भित्र्याएको हो।
इम्प्याक्ट २.० डिजाईन, आरामदायी र सुरक्षा लगाएत अन्य अत्याधुनिक विशेषताहरुले यी मोडलहरु सम्पन्न रहेको कम्पनीको दावी छ।
समय सान्दर्भिक रुपमा पुनःडिजाइन गरिएका टाटा बिएस सिक्स रेन्जका गाडीहरुमा उत्कृष्ट र मजबुत बाह्य बनावट, सुरक्षामा अभिवृद्धि र अत्याधिक आरामदायी लगायत विशेषता छन्।
एक हजार २ सय सिसी इन्जिन क्षमताको नयाँ टिगोरको बनावट आकर्षक (स्पोर्टी) छ। आधुनिक सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधा भएको यो गाडी रातो, पहेंलो, निलो लगायत ६ वटा रङमा उपलब्ध छ।
यसैगरी, एक हजार २ सय सिसी इन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र रिर्भस क्यामेरा जस्ता अत्याधुनिक सुविधा छन्। उत्कृष्ट सुरक्षाको विशेषता भएको यो गाडी पाँच रङमा उपलब्ध छ।
एक हजार २ सय सिसी इन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा जस्ता आधुनिक प्रविधि जडान गरिएको छ। यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाउँदो भएको कम्पनीको भनाइ छ।
इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाँ विशिष्ट विशेषता भएको नेक्सन ६ वटा रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
त्यसैगरी एक हजार २ सय सिसी इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पूर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ। नेक्सनमा जस्तै इरा प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कम्पनीले जनाएको छ। यो रिदम, स्टाईल, लुक्स र अर्वन गरी चारवटा संस्करणमा उपलब्ध छ।
कम्पनीकाअनुसार २ हजार सिसी इन्जिन क्षमताको एचफाइभ शक्ति, सुविधा र कार्य कुशलताको दृष्टिकोणले निकै राम्रो छ। एच फाइभको सुरूआती मूल्य ८५ लाख ९५ हजार रुपैयाँ छ। एच फाइभको फूल अप्सनको मूल्य ८९ लाख ९० हजार तोकिएको छ।
त्यस्तै नेक्सनका विभिन्न मोडलका गाडी ३५ लाख ९५ हजारबाट सुरू भएर ५२ लाख ५५ हजारसम्म किन्न सकिन्छ।
अल्ट्रोजको मूल्य ३५ लाख ५० हजार राखिएको छ। त्यस्तै टियागोको सुरूआती मूल्य २३ लाख छ। टिगोरको मूल्य ३२ लाख ५० बाट सुरू भइ ३९ लाख ९५ हजारसम्म छ।