हिरो मोटोकर्पले दुई मोडलका बाइक नेपाली बजारमा भित्र्त्राएको छ। ती हुन्ः एक्स्ट्रिम १६० आर र हिरो हंक १६० आर।
दुवै मोडल ग्राहकले रुचाउने कम्पनीको विश्वास रहेको हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख संजय भानले बताए।
यी दुई मोडलका विशेषता र मूल्य यहाँ दिइएको छः
हिरो एक्स्ट्रिम १६० आरका मूल्य र विशेषता
- इन्जिनः १६० सिसी एयर कुल्ड बिएस–सिक्स कम्प्लाइन्ट
- ग्राउन्ड क्लियरेन्सः १६५ एमएम
- टायरः २७६ एमएम फ्रन्ट पेटल डिस्क, २२० एमएम रियर पेटल डिस्क
- कर्ब तौलः १३८.५ केजी
- गतिः ४.७ सेकेन्डमा ६० किलोमिटर प्रतिघण्टा
- म्याक्स पावर (अधिकतम उर्जा) १५ बिएचपी, ८५०० आरपिएम
- रङः सेतो, नीलो, रातो
- मूल्यः ३,३९,००० रुपैयाँ (सिंगल च्यानल एबिएस सहित डबल डिस्क)
हिरो हंक १६० आरका मूल्य र विशेषता
- इन्जिनः १४९ सिसी एयर कुल्ड सिस्टम
- टर्कः १२ एनएम
- पावरः१४.२ बिएचपी
- रंगः कालो, नीलो, रातो
- मूल्यः २,७९,५०० रुपैयाँ (सिंगल च्यानल एबिएस सहित डबल डिस्क)