कोरोना महामारी सुरु भएदेखि ऋणात्मक हुँदै आएको सवारीसाधनको आयात चालु वर्षको सात महिनाबाट बढ्न थालेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ महिनादेखि सवारीसाधनको आयात बढेको देखिएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु वर्ष को पहिलो सात महिनामा अघिल्लो वर्ष (२०७६/०७७) को यही अवधिको तुलनामा दुई प्रतिशत रकम सवारी आयातका लागि बढेको छ।
केन्द्रीय बैंकका अनुसार साउनदेखि माघसम्म ६७ अर्बको सवारीसाधन आयात भएको छ। गएको वर्ष माघसम्म ६६ अर्बको आयात भएको थियो। गत वर्षको माघमा ८ प्रतिशतले सवारी आयात बढेको थियो।
साउनदेखि नै दुई पाङ्ग्रे सवारीको आयात बढ्न थालेपनि चार पाङ्ग्रे सवारीको आयात भने बढ्न सकेको थिएन। तीहारपछि चार पाङ्ग्रेको माग पनि बढ्दै गएको व्यवसायीहरुले बताउँदै आएका छन्।