इलेक्ट्रिक स्कुटर कम्पनी एलभिनेङ्गको नेपालको लागि आधिकारिक वितरक जम्बो इको भेहिकल (त्रिपुरेश्वर) ले दुई ब्रान्डको चार मोडलका स्कुटर नेपाल भित्र्याएकाे छ।
एलभिनेङ्ग ब्रान्डका ‘एक्सआइ’ र ‘एस५’, जम्बो ब्रान्डका डि०६ र एम२० मोडलका इलेक्ट्रिक स्कुटर भित्र्याएका हुन्।
यी स्कुटरको उद्धघाटन आइतबार स्मार्ट होम सेवाका निर्देशक राज अर्याल, नाडा एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलाल, जम्बो इको भेकल्स प्रा.लीका आधिकारिक बिक्रेता नारायण गैतम र राजन पोखरेलले संयुक्त रुपमा गरे।
उक्त स्कुटरमा पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धि ब्रान्डको तुलनामा अब्बल रहेको कम्पनीको भनाइ छ। यसमा प्रयोग भएका पार्टपूर्जा उत्कृष्ट कम्पनीका भएको कम्पनीका संचालक नारायण गौतमले बताए।
एक्सआइ मोडलमा २०२० र एसफाइभ मोडलमा ३००० वाटका बिओएससिएच मोटर जडान गरिएको छ। जम्बो ब्रान्डको डि०६ र एम२०मा क्रमशः २०००वाट र १५०० वाटका मोटर जाडान गरिएको छ।
बिओएससिएच कम्पनीको यो मोटरमा लामो समय काम गर्ने क्षमता, उच्च भिरालो चढ्ने क्षमता हुने संचालक गौतमको दाबी छ।
यी स्कुटरमा ३ घण्टामा फूल चार्ज गर्न सकिने सामसङ ब्याट्री जडान गरिएको छ। डुअल ब्याट्री विकल्पमा रहेकोले १६० कि.मि सम्मको यात्रा तय गर्न सकिने कम्पनीले जनाएको छ।
स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउँछ।
एक्सआइ स्कुटरको २ लाख ६० हजार, एस५को २ लाख ९९ हजार ९ सय ९९ मूल्य निर्धारण गरिएकाे छ। डि०६ र एम २०को क्रमशः २ लाख ३५ हजार र १ लाख ८५ हजार मूल्य तोकिएको छ। यी स्कुटरमा डबल ब्याट्री राख्न चाहेमा थप ६० हजार थप गर्नुपर्ने कम्पनीको भनाइ छ।
कम्पनीकाअनुसार ती स्कुटर १५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुड्नसक्छ।
सुरुआति चरणमा काठमाडौं, हेटौंडा, चितवन र बुटवलमा शाखा विस्तार गरिएको छ। देशैभरी नेटवर्क विस्तार छिट्टै गर्ने कम्पनीको तयारी छ।
बिक्रीपछिको सेवाका लागि कम्पनीले स्मार्ट होम सेवा एप्लिकेसनबाट आफ्ना ग्राहकलाई एक घण्टा सेवा दिने तयारी गरेको छ। जसले इलेक्ट्रिक सवारीको बजारीकरणमा सहयोग पुर्याउने कम्पनीको विश्वास छ।