ह्वाइट लोटस मोटर्सको ‘पियोर इभी स्कुटर’को ग्रिन माइल र्याली सम्पन्न भएको छ।
उक्त र्याली सनिबार भएको हो। र्याली विहान १० बजे नक्साल सोरुमदेखि सुरु भइ धुलिखेलको लज एन्ड रिर्सोटमा पुगेर फेरी सोरुममै आएर सम्पन्न भएको थियो।
र्यालीमा ५० बढी इलेक्ट्रिक स्कुटर चालकको सहभागिता थियो। ६० भोल्ट ४० एएच लिथिएमियन ब्याट्री भएको यो स्कुटर ३.५ घण्टामा रिचार्ज गर्न सकिन्छ।