नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लुले ललितपुरको बालकुमारीमा फोटनको सोरुम खोलेको छ।
करिब २५ सय वर्ग फिटमा फैलिएको यो नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुम हो।
उक्त सोरुमले ‘फोटन नेपालको अटोमोबाइल बजारमा बलियो आधारको स्थापना गर्न प्रतिबद्ध रहेको देखाउने कम्पनीको भनाइ छ।
नयाँ सोरुम नेपालमा फोटनको ‘बिग प्लान’अन्तर्गत स्थापना गरिएको हो। यो नयाँ सोरुमलाई फोटन मोटर नेपालको फेसबुक, इन्स्टाग्राम र युट्युब च्यानलमा ‘लाइभ’ गरी भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको थियो।
केही महिनाभित्रै २० हजार वर्ग फिटमा फैलिएको नयाँ स्टेट–अफ–आर्ट सर्भिस फेसिलिटी निर्माण गर्ने एमएडब्लु ग्रुप अफ कम्पनिजका अध्यक्ष विष्णुकुमार अग्रवालले जानकारी दिए।
साथै देशभर १२ वटा आधिकारिक सर्भिस सेन्टरको स्थापना गर्ने कम्पनीको योजना छ।