नेपाली बजारमा बजाज बाइकको मूल्य बढेको छ। नेपालका आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चैत ८ गतेदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।
पछिल्लो समय नेपाली बजारमा बजाजको मूल्य बढ्दै गएको छ।
बजाजको विभिन्न मोडलका बाइकमा एक हजार रुपैयाँदेखि ५ हजारसम्मले मूल्य वृद्धि भएको छ। बजाजको डोमिनार एबिएस ४००मा ५ हजार रुपैयाँले मूल्य वृद्धि भएसँगै यसको बजार मूल्य ५ लाख ६९ हजार ९ सयबाट एकैचोटी ५ लाख ७४ हजार ९ सय पुगेको छ।
नयाँ मूल्य सूची अनुसार बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना १०० इएस छ। यसको बजार मूल्य जम्मा १ लाख ८२ हजार ९ सय पुगेको छ। यो बाइकमा १ हजार रुपैयाँले मूल्य वृद्धि भएको हो। कतिपय बाइककाे मूल्य भने परिवर्तन भएकाे छैन।
यस्तो छ बजाज मोटरसाइकलको नयाँ मूल्य सूचीः
मोडल | पुरानो मूल्य | नयाँ मूल्य सूची |
प्लाटिना १०० इएस | १,८१,९०० | १,८२,९०० |
डिस्कभर १२५ ड्रम | १,९९,९०० | २,००,९०० |
डिस्कभर १२५ डिस्क | २,०६,९०० | २,०६,९०० |
डिस्कभर १२५ एसटी | २,१७,९०० | २,१७,९०० |
पल्सर १२५ डिस्क | २,३४,९०० | २,३४,९०० |
पल्सर१५० एसडी | २,६३,९०० | २,६३,९०० |
पल्सर १५० टिडी | २,८०,९०० | २,८०,९०० |
पल्सर १६० एनएस टिडी एबिएस | ३,०२,९०० | ३,०३,९०० |
पल्सर २२० एफ एबिएस | ३,४७,९०० | ३,४७,९०० |
पल्सर २०० एनएस एबिएस | ३,४९,९०० | ३,४९,९०० |
पल्सर २०० एनएस एफआइ एबिएस | ३,७२,९०० | ३,७४,९०० |
एभेन्जर १६० स्ट्रिट एबिएस | ३,२९,९०० | ३,३१,९०० |
एभेन्जर २२० क्रुस | ३,५४,९०० | ३,५४,९०० |
डोमिनार २५० एबिएस | ४,९९,९०० | ४,९९,९०० |
डोमिनार ४०० एबिएस | ५,६९,९०० | ५,७४,९०० |