सिप्रदी ट्रेडिङ्गले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने भएको छ। यसका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ।
जसमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका १० जना अटोमोबाईल विषयमा टिएसएलसी पास वा १० कक्षा पास गरी राष्ट्रिय सीप परीक्षण समितिबाट अटोमोबाईल विषयमा लेभल१ पास गरेको हुनुपर्नेछ।
दरखास्त बुझाउने अन्तिम मिति चैत १८ गते रहेको छ। दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु रहेको सिप्रदीले जानकारी दिएको छ।
यो तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ्ग, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष प्राथमिकता दिइनेछ।
तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रागिरी, काठमाडौँमा हुनेछ। तालिममा भत्ताको सुविधा पनि हुनेछ। साथै सफल प्रशिक्षार्थीहरुलाई विभिन्न वर्कशपहरुमा रोजगारीको अवसर समेत दिने कम्पनीको भनाइ छ।