नेपाली बजारमा केटिएमको नयाँ बाइक एड्भेन्चर-२५० सार्वजनिक भइसकेको छ। गत साता सार्वजनिक भएसँगै यसको बुकिङ पनि खुला गरिएको छ।
कम्पनीका अनुसार नेपालमा एड्भेन्चर मोटरसाइकल सेग्मेन्ट विस्तार गर्ने योजनासहित यो बाइक ल्याइएको हो। यसअघिको केटिएम-३९० एड्भेन्चर सार्वजनिक भएको थियो।
एड्भेन्चर २५० मा उत्कृष्ट ह्यान्डलिङ र इन्जिन पन्च भएको कम्पनीले जनाएको छ। २४८ सिसीको यो बाइकमा अत्याधुनिक डिओएचसी फोर–भल्भ सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन छ। यसले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्क जेनेरेट गर्छ।
यसमा २३० एमएम रियर ब्रेक डिस्क र लार्ज ३२० एमएम फ्रन्ट ब्रेक डिस्क छ। बोसको अत्याधुनिक एबिएस प्रणालीले यसमा अफ–रोड मोड थप गरेको छ जसले ड्यासबोर्डमा भएको बटनबाटै अफ–रोड मोड चयन गरेर चालकलाई निकै साघुँरो बाटोमा पनि आरामले चलाउन सघाउने कम्पनीको भनाइ छ।
१४.५ लिटर ट्यांकी र इन्धन कम खपत गर्ने बिएससिक्स इमिशन इञ्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दुरीको एड्भेन्चरहरू गर्न प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले यसको मूल्य ७ लाख ४९ हजार ९ सय निर्धारण गरेको छ।