हिजोदेखि राइड सेयरिङ एप पठाओको सेवा अवरुद्ध भएपछि अर्को प्लेटफर्म टुटलमा ट्राफिक बढेको छ।
सुरुमा राइडर कुटिएको विषयमा अवरुद्ध भएको पठाओको राइड सेयरिङ पछि भने प्राविधिक कारणले अबरुद्ध भएको थियो।
पठाओको सेवा अवरुद्ध भएपछि टुटलमा ट्राफिक एक्कासि बढेको छ। हिजोदेखि नै सामन्य अवस्थाको तुलनामा दोब्बर ट्राफिक बढेको टुटलका सिइओ शिक्षित भट्टले जानकारी दिए।
'हिजोदेखि हाम्रोमा ट्राफिक बढिरहेको छ। थपिएको राइड सेयरिङको मोबिलिटीलाई हामीले निरन्तर सर्भिस गरिरहेका छौं,' उनले सेतोपाटीसँग भने।