छोटो समयमै नेपाली बजारमा जावा बाइकले राम्रो स्थान पाएको छ। नयाँ ढाँचाको बनावटमा रहेको जावाका बाइकहरू हेर्दै क्लासिक देखिन्छन्।
नेपालका लागि जावाको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालीका अनुसार जावाले नेपाली बजारमा राम्रो ‘पिक-अप’ लिएको छ।
जावाका बाइकहरूलाई धेरैले रोयल इन्फिल्डसँग समेत दाज्न थालेका छन्।
जावाको सबैभन्दा सस्तो बाइक जावा-४२ को सिंगल च्यानल एबिएस हो। ३०० सिसी इन्जिन क्षमता भएको यो बाइकको सबैभन्दा कम मूल्य नै ६ लाख २० हजार छ।
त्यस्तै हालै सार्वजनिक जावा पेराक अहिलेसम्मको सबैभन्दा महंगो जावाको मोडल हो। ३३४ सिसी इन्जिन क्षमता भएको जावा पेराकको नेपाली बजार मूल्य ७ लाख ५० हजार तोकिएको छ।
जावाको अन्य विभिन्न मोडलको बाइकको मूल्यसूची यस प्रकारको छः
मोडल | इन्जिन क्षमता | मूल्य |
जावा -४२ (सिंगल च्यानल एबिएस) | ३०० सिसी | ६,२०,००० |
जावा ४२ (डुअल च्यानल एबिएस) | ३०० सिसी | ६,४८,००० |
जावा (सिंगल च्यानल एबिएस) | ३०० सिसी | ६,४८,५०० |
जावा (डुअल च्यानल एबिएस) | ३०० सिसी | ६,७६,५०० |
जावा पेराक (डुअल च्यानल एबिएस) | ३३४ सिसी | ७,५०,००० |