हुन्डाइका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले नयाँँ वर्ष योजना सार्वजनिक गरेको छ।
यो योजनाअन्तर्गत हुन्डाइको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ।
स्क्रयाच कार्ड मार्फत २० हजार देखि ७८ हजारसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, एक लाखसम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।
हुन्डाइले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ।
कम्पनीले देशभरि १३ शोरुम तथा १७ सर्भिस सेन्टरहरुमार्फत सेवा दिँदै आएको छ।
हुन्डाइ मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ।