नेपाली बजारमा दुई पाङ्ग्रे सवारीको माग बढ्दो छ। सुजुकीका मोटरसाइकल र स्कुटरहरूको माग पनि राम्रो रहेको नेपालका लागि आधिकारिक विक्रेता भिजी अटोमोवाइल्स बताउँछन्।
भिजीका अनुसार नेपालमा सुजुकीका जिक्सर सिरिज निकै चर्चित छन्। नेपालमा मात्रै जिक्सर सिरिजका १० वटा मोटरसाइकल उपलब्ध छन्।
सुजुकीको सबैभन्दा महंगो बाइक जिक्सर एसएफ २५० हो। यसको बजार मूल्य यतिबेला ४ लाख ९८ हजार ९०० सय रुपैयाँ तोकिएको छ।
त्यस्तै सुजुकीको हयात इपी सुजुकीको सबैभन्दा सस्तो बाइक हो। यसको मूल्य १ लाख ८६ हजार ९०० तोकिएको छ।
नेपाली बजारमा पाइने सुजुकीका विभिन्न मोडलका बाइक र स्कुटरको मूल्यसूची यस प्रकारका छन्:
मोडल | इन्जिन क्षमता | मूल्य |
जिक्सर एसएफ २५० मोटो जिपी (मोटरसाइकल) | २४९ | ५,०१,९०० |
जिक्सर एसएफ २५० (मोटरसाइकल) | २४९ | ४,९८,९०० |
जिक्सर २५० (मोटरसाइकल) | २४९ | ४,६५,९०० |
जिक्सर एसएफ १५० मोटो जिपी (मोटरसाइकल) | १५४.९ | ३,८१,९०० |
जिक्सर एसएफ १५० (मोटरसाइकल) | १५४.९ | ३,७९,९०० |
जिक्सर १५० (मोटरसाइकल) | १५४.९ | ३,२८,९०० |
इन्ट्रुडर (मोटरसाइकल) | १५४.९ | ३,२९,९०० |
जिक्सर डिटिडिडी (मोटरसाइकल) | १५४.९ | २,८३,९०० |
हयात इपी (मोटरसाइकल) | ११३ | १,८६,९०० |
बर्गमन (स्कुटर) | १२५ | २,३९,९०० |
एलइटिएस (स्कुटर) | ११३ | १,९५,९०० |