पछिल्लो समय बजारमा अप्रिला स्कुटरले युवा पुस्तालाई लोभ्याएको छ।
अप्रिला स्कुटर दुई लाख बढी मूल्य भएको स्कुटर सूचीमा पर्छ। यसको सबैभन्दा सस्तो स्कुटर १२५ सिसीको स्ट्रोम १२५ हो। जसको बजार मूल्य दुई लाख ४६ हजार ९ सय तोकिएको छ।
त्यसैगरी १६० इन्जिन क्षमता भएको एसआरएक्स १६० बिएसभीआइ अप्रिलाको सबैभन्दा महंगो स्कुटर हो। यसको बजार मूल्य चार लाख ९ हजार ९ सय तोकिएको छ।
नेपालको लागि अप्रिलाको आधिकारिक वितरक दुगर ब्रदर्स एन्ड सन्स हो।
अप्रिलाको विभिन्न मोडलको मूल्यसूची यस प्रकारको छः
मोडल | इन्जिन क्षमता | मूल्य |
स्ट्रोम १२५ | १२५ सिसी | २,४६,९०० |
एसआर १२५ | १२५ सिसी | २,५३,९०० |
एसआर १५० | १५० सिसी | २,९३,९०० |
एसआर १५० रेस | १५० सिसी | ३,१६,९०० |
एसआरएक्स १६० बिएसभीआइ | १६० सिसी | ४,०९,९०० |