आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. र समृद्धि फाइनान्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले सो फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थालाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्ने सम्बन्धि समझौतापत्रमा हस्ताक्षर भएको हो।
फाइनान्सको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्री/वितरण गरिएका दोस्त मोडलका सबै सवारी साधन किन्नका कम्तिमा खरिद मूल्यको ७० प्रतिशत सम्मको सहुलियतपूर्ण सवारी कर्जा दिइनेछ।
अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु किन्नेले समृद्धि फाइनान्सको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्।
प्रधान कार्यलय हेटौडा रहेको समृद्धि फाइनान्स कम्पनीको हेटौडा सहित नारायणघाट, काठमाडौंको पुतलीसडक, बुटवल र पोखरमा शाखा कार्यलयहरु रहेका छन्।