युवा पुस्तामाझ भेस्पा स्कुटरले निकै राम्रो छवि बनाएको छ। भेस्पा १२५ सिसी इन्जिन क्षमताबाट सुरू हुन्छ।
हेर्दै ‘क्लासिक’ देखिने भेस्पा स्कुटरको बाहिरी आवरण र विभिन्न मोडलमा उपलब्ध हुनाले धेरैको रोजाइमा परेको अनुमान लगाउन सकिन्छ।
भेस्पाको नेपालका लागि आधिकारिक वितरक दुगण ब्रदर्स एन्ड सन्सका अनुसार पनि भेस्पाको बाहिरी आवरण र यसको इन्जिन क्षमताका कारण राम्रो बजार लिइरहेको बताउँछन्।
नेपालमा भेस्पाका स्कुटर विभिन्न ९ मोडलमा उपलब्ध छन्। यीमध्ये एसएक्सएल म्याट मोडललाई स्पेसल एडिसन अन्तर्गत राखिएको छ भने एलिगेन्ट मोडललाई लिमिटेड एडिसन अन्तर्गत राखिएको छ। भेस्पाको सबैभन्दा महंगो स्कुटर नै यही मोडल हो।
भेस्पाको सबैभन्दा सस्तो मोडल भेस्पा नोटे हो। १२५ सिसी इन्जिन क्षमता भएको यो स्कुटरको बजार मूल्य २ लाख ६६ हजार ९ सय ४६ रुपैयाँ तोकिएको छ।
भेस्पाका अन्य विभिन्न मोडलको मूल्य यस प्रकारका छन्:
मोडल | इन्जिन क्षमता | मूल्य |
भेस्पा नोटे | १२५ सिसी | २,६६,९४६ |
एलएक्स | १२५ सिसी | २,६६,९४६ |
भिएक्सएल | १२५ सिसी | ३,१६,९४६ |
भिएक्सएल | १५० सिसी | ३,५९,९४६ |
एसएक्सएल | १२५ सिसी | ३,३०,९४६ |
एसएक्सएल | १५० सिसी | ३,७५,९४६ |
एसएक्सएल म्याट | १२५ सिसी | ३,३२,९४६ |
एसएक्सएल म्याट | १५० सिसी | ३,७७,९४६ |
एलिगेन्ट | १५० सिसी | ३,९७,९४६ |