नेपालका लागि आधिकारिक विक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालीले १ सय कस्टुमर रिक्रियस्नल राइड सम्पन्न गरेको छ। सनिबार भेष्पा सोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटेबीच सम्म उक्त राइड आयोजना गरिएको थिये।
ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन आयोजित उक्त कार्यक्रम सफल भएको प्रालीका उपाध्यक्ष विजय महतोले बताए। ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका हौं,’ उनले भने ।
भेष्पा प्रिमियम प्रडक्ट हो। भेष्पा ब्रान्डलाई थप परीचित गराउन पनि राइड सफल भएको महतो बताउँछन्।