केही महिनाअघि नेपाल भित्रिएको निशानको म्यागनाइट धेरै भेरिएन्ट भएको गाडी मध्ये एक हो। एसको कुल ११ भेरिएन्ट नेपालमा उपलब्ध छ।
ग्राहकले आफ्नो आवश्यकता अनुसार गाडी खरिद गर्न म्यागनाइट उत्कृष्ट विकल्प हुने कम्पनीले जनाएको छ।
निशानको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले म्यागनाइट एसयूभी नेपाली बजारमा ल्याएको हो।
१.० लिटर बि४डी पेट्रोल म्यान्यूअल ट्रान्समिसन र १.० लिटर एचआरएओ टर्बो पेट्रोल म्यान्यूअल ट्रान्समिसनमा उपलब्ध म्यागनाइट विभिन्न ११ भेरिएन्टमा छ।
यसमा पेट्रोल इन्जिनले ६ हजार २ सय ५० आरपिएममा ७२ पिएस पावर र ३ हजार ५ सय आरपिएममा ९६ एनएम टर्क जेनेरेट गर्छ।
यसको डिजेल इन्जिनले ५ हजार आरपिएममा एक सय पिएस पावर र २ हजार ८ सयदेखि ३ हजार ६ सय आरपिएममा १६० एनएम टर्क जेनेरेट गर्छ।
सुरक्षाको लागि यसमा डुअल एयरब्याग, एबिएस, इबिडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ट फग ल्याम्प, स्पिड सेन्सिङ लक, रेयर क्यामरा विथ प्रोजेक्सन गाईड, हिल स्टार्ट असिस्ट, रिमोट किलेस इन्ट्री लगायतका फिचर्स समावेस गरिएको छ।
त्यसैगरी, यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि दिइएको छ।
इन्स्ट्रुमेन्ट क्लस्टरका लागि ७।० इन्च टिएफटी डिस्प्ले रहेको कम्पनीले बताएको छ।
यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, स्ल्कि हेड ल्याम्प, एडजस्टेवल सिट, पावर विन्डो, पावर स्टेरिङ, एयर कन्डिसनर विथ हिटर, क्रुज कन्ट्रोल, वायरलेस चार्जर, एयर प्यूरिफायर लगायतका फिचर्स दिइएको छ।
२०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ३३६ लिटर बुट स्पेस छ। म्यागनाइट विभिन्न ८ वटा रङ्गमा उपलब्ध छ।
कम्पनीले यसको मूल्य २९ लाख ४९ हजार देखि ४२ लाख ७९ हजारसम्म निर्धारण गरेको छ।