यातायात क्षेत्रमा उल्लेख्नीय योगदान पुर्याए वापता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगन्द्रनाथ कर्माचार्य र महासचिव सरोज सिटौला सम्मानित भएका छन्।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ पुरस्कारबाट सम्मान गरेकी हुन्।
सरकारको सम्मानले थप हौसला मिलेको महासचिव सिटौलाले बताए। आगामी दिनमा यातायात क्षेत्रको विकास तथा विस्तारमा निरन्तर लाग्ने उनको प्रतिवद्धता छ।