कुनै पनि सवारी साधन प्रयोगकर्ताले हरेक वर्ष यातायात कार्यालयमा कर बुझाउनुपर्छ।
सवारी साधनको प्रकार, क्षमता र प्रयोगको प्रयोजन अनुसार सबै करको दर फरक फरक हुन्छ।
पहिले यस्तो कर नेपाल सरकारले उठाउँथ्यो। देशमा संघीयता आएसँगै सवारी साधन करको जिम्मेवारी प्रदेश सरकार मातहत गएको छ।
प्रदेशअनुसार एउटै किसिमको सवारी करको दर फरक हुनसक्छ।
यहाँ हामीले गण्डकी प्रदेशमा दर्ता भएका निजी सवारी साधनले तिर्नुपर्ने कर उल्लेख गरेका छौं।
गोर्खा, कास्की, लमजुङ, मनाङ, स्याङ्जा र तनहुँ जिल्लामा दर्ता भएका निजी दुईपांग्रे र चारपांग्रेले वर्षमा कति कर तिर्नुपर्छ?
मोटरसाइकल/स्कुटर | रूपैयाँमा |
१२५ सिसीसम्म | २,६०० |
१२६ सिसीदेखि २५० सिसीसम्म | ४,२०० |
२५१ सिसीदेखि ४०० सिसीसम्म | ८,४०० |
४०० सिसीभन्दा माथि सबै | १६,००० |
कार, जिप, भ्यान, माइक्रो बस | रूपैयाँ |
१००० सिसीसम्म | २०,००० |
१००१ सिसीदेखि १५०० सिसीसम्म | २२,००० |
१५०१ सिसीदेखि २००० सिसीसम्म | २४,००० |
२००१ सिसीदेखि २५०० सिसीसम्म | ३३,५०० |
२५०१ सिसीदेखि २९०० सिसीसम्म | ३९,००० |
२९०१ सिसीदेखि माथि सबै | ५५,५०० |