बंगलादेश को प्रतिष्ठित ब्रान्ड रनर मोटरसाइकलले ‘नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ। सोही अवसरमा रनर मोटरसाइकलले २१ हजार छुट दिने भएको छ।
साथै प्रत्येक बाइक किन्दा २० फ्रि सभ्रिसिङ दिने भएको छ। ६ वर्ष सम्मको वारेन्टी समेत दिने कम्पनीको भनाइ छ। कुनैपनी पुरानो मोटरसाइकलको साट्दा ३० हजार न्यूनतम मुल्यांकन गरिने छ।
हाल रमन मोटर्सले एक लाख १० हजार पर्ने कम मुल्यका ८० सिसीदेखि २०० सिसी सम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ।
यसको बजार दिनप्रति दिन बढ्दै गएको कम्पनीका बिजनेस डेभलेप्मेन्ट हेड सन्तोष न्यौपानेले बताए।
पछिल्लो समय ग्रहाकले रनर का सबैजसो मोडलमा रुची राखेको उनको भनाइ छ। रनर हक २०० सिसीको अफ रोड मोटरसाइकललाई अत्याधिक मन पराइएको न्यौपानेले जानकारी दिए।