बजारमा दुई पाङ्ग्रेको माग बढ्दो छ। यस्तोमा कम्पनीहरूले पनि नयाँ–नयाँ मोडलका बाइक र स्कुटर भित्र्याउने क्रम जारी छ। बाइक र स्कुटरको विशेषता हेरेर ग्राहकहरूले किन्ने गर्छन्।
बजाजको डोमिनार २५० ले छोटो समयमै राम्रो बजार लिन थालेको छ।
बजाजकै पल्सर २०० एनएसपछि यतिबेला डोमिनार २५० धेरैको रोजाइमा परेको बजाजको लागि नेपालका आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले बतायो।
यसपटक हामीले बजारमा लोकप्रिय बनिरहेको बजाजको डोमिनार २५० को विशेषता तयार पारेका छौं।
बजाज डोमिनारमा २४८.७७ सिसी एफआइ इञ्जिन जडान गरिएको छ। जसले ८ हजार ५ सय आरपिएममा २७ पिएस पावर र ६ हजार ५ सय आरपिएम २३.५ एनएम टर्क जेनेरेट गर्छ।
१३२ किलोमिटर प्रति घण्टासम्मको रफ्तारमा गुड्न सक्ने यो मोटरसाइकल १०.५ सेकेण्डमा ०–१०० किलोमिटर प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ। यसको कुल तौल जम्मा १८० केजीको छ।
१३ लिटर इन्धन क्षमता भएको यो बाइकले प्रति लिटर ३५.०३ किलोमिटरसम्मको माइलेज दिन्छ। चालकको चलाइ र बाटोको बनावट अनुसार बाइकले दिने माइलेज भने फरक पर्न सक्छ।
हेर्दा मात्र होइन, यो बाइक चलाउन पनि सजिलो हुने कम्पनीले दाबी गरेको छ। चालकको आरामको लागि बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ।
बाइकमा १७ इन्चको ट्युवलेस टायर्स छ। यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ। नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबिएसमा पनि उपलब्ध छ।
लामो दूरीको यात्रामा गेयरलाई सुरक्षित राख्न बाइकको सिटमुनि बन्जी स्ट्राप्स छ। बाइकमा १५७ एमएमको ग्राउन्ड क्लेरेन्स छ।
बाइकमा अटोमेटिक एलइडी हेडल्याम्प छ भने डिस्क ब्रेकिङ सिस्टम प्रयोग भएको छ।
यो बाइक क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध छ। कम्पनीले यसको मूल्य ४ लाख ९९ हजार ९ सय तोकेको छ।