कुनै पनि सवारी साधन प्रयोगकर्ताले सरकारलाई निश्चित कर तिर्नुपर्ने हुन्छ। सवारी धनीले हरेक वर्ष यातायात कार्यालयमा कर बुझाउनुपर्छ।
सवारी साधनको प्रकार, क्षमता र प्रयोगको प्रयोजन अनुसार सबै करको दर फरक–फरक हुन्छ।
पहिले यस्तो कर नेपाल सरकारले उठाउँथ्यो। देशमा संघीयता आएसँगै सवारी साधन करको जिम्मेवारी प्रदेश सरकार मातहत गएको छ।
प्रदेशअनुसार एउटै किसिमको सवारी करको पनि दर फरक हुनसक्छ। समयमैं कर नबुझाए केही प्रतिशत जरिमाना समेत लाग्न सक्छ।
यहाँ हामीले प्रदेश नं २ मा दर्ता भएका निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रेको वार्षिक रूपमा तिर्नुपर्ने करको मूल्यसूची तयार पारेका छौं।
पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा, धनुषा, सप्तरी र महोत्तरी जिल्लामा दर्ता भएका निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रेले बार्षिक रूपमा तिर्नुपर्ने कर यस प्रकारको छः
मोटरसाइकल/स्कुटर | रूपैयाँमा |
१२५ सिसीसम्म | २,५०० |
१२६ सिसीदेखि १६० सिसीसम्म | ४,००० |
१६१ सिसीदेखि २५० सिसीसम्म | ५,००० |
२५१ सिसीदेखि ४०० सिसीसम्म | ५,००० |
४०१ सिसीदेखि माथि सबै | १५,००० |
कार, जिप, भ्यान, माइक्रो बस | रूपैयाँ |
१००० सिसिसम्म | १९,००० |
१००१ सिसीदेखि १५०० सिसीसम्म | २१,००० |
१५०१ सिसीदेखि २००० सिसीसम्म | २३,००० |
२००१ सिसीदेखि २५०० सिसीसम्म | ३२,००० |
२५०१ सिसीदेखि २९०० सिसीसम्म | ३७,००० |
२९०१ सिसीदेखि माथि सबै | ५३,००० |