विद्युतीय सवारी चार्ज गर्नका लागि ५० वटा चार्जिङ स्टेसन बनाउन नेपाल विद्युत्त प्राधिकरण र चिनियाँ कम्पनीबीच सम्झौता भएको छ।
एक वर्षभित्रमा चार्जिङ स्टेसन बनाउने गरी चिनियाँ कम्पनी ‘स्टार चार्ज जियाङसु जोङदोङ न्यू इनर्जी’सँग मंगलबार सम्झौता भएको विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले जानकारी दिए।
‘सम्झौताको एक वर्षभित्र सबै चार्जिङ स्टेसन तयार गरिसक्नु पर्नेछ। काठमाडौं, विराटनगर, धरान, विरगञ्ज, पोखरा लगायत देशका मुख्य सहरहरु र पूर्वपश्चिम राजमार्ग लगायत स्थानहरुमा चार्जिङ स्टेशन बनाइनेछ’, उनले भने।
प्राधिकरणका अनुसार चार्जिङ स्टेसनको विद्युतीय क्षमता १४२ किलोवाट रहने छ। डिसी र एसी गरी दुई प्रकारका चार्जिङ स्टेसन रहने छन्। स्टेसन निर्माणका लागि ३६ करोड लागत लाग्ने प्रारम्भिक अनुमान छ।