प्रदेश नं १ मा दर्ता भएका कति गाडीलाई कहाँ गएर कति कर तिर्ने थाहा नहुनसक्छ। यसबारे यहाँ प्रष्टाइएकाे छ।
प्रदेशबाट दर्ता भएका हरेक गाडीले प्रदेश सरकार मातहातमा रहेको यातायात कार्यलयमा वार्षिक रूपमा गएर निश्चित कर बुझाउनुपर्छ।
सवारी साधनको प्रकार, क्षमता र प्रयोगको प्रयोजन अनुसार सबै करको दर फर– फरक हुन्छ।
प्रदेशअनुसार एउटै किसिमको सवारी करको पनि दर फरक हुनसक्छ। समयमैं कर नबुझाए केही प्रतिशत जरिवाना लाग्न सक्छ।
यहाँ हामीले प्रदेश नं १ मा दर्ता भएका निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रेको वार्षिक रूपमा तिर्नुपर्ने करको मूल्यसूची तयार पारेका छौं।
भोजपुर, धनकुटा, इलाम, झापा, खोटाङ, मोरङ, ओखलढुङ्गा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, सुनसरी, ताप्लेजुङ, तेर्ह्रथुम र उदयपुर जिल्लामा दर्ता भएका निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रेले बार्षिक रूपमा तिर्नुपर्ने कर:
मोटरसाइकल/स्कुटर | रूपैयाँमा |
१२५ सिसीसम्म | २,८०० |
१२६ सिसीदेखि २५० सिसिसम्म | ४,५०० |
२५१ सिसीदेखि ४०० सिसिसम्म | ९,००० |
४०१ सिसीदेखि माथि सबै | १६,५०० |
कार, जिप, भ्यान, माइक्रो बस | रूपैयाँ |
१००० सिसीसम्म | २१,००० |
१००१ सिसीदेखि १५०० सिसीसम्म | २३,००० |
१५०१ सिसीदेखि २००० सिसीसम्म | ३०,००० |
२००१ सिसीदेखि २५०० सिसीसम्म | ३५,५०० |
२५०१ सिसीदेखि २९०० सिसीसम्म | ४१,००० |
२९०१ सिसीदेखि माथि सबै | ५८,५०० |