नेपालमा मोटरसाइकल तथा स्कुटर चढ्नेहरूको संख्या बढ्दो छ। काठमाडौं लगायत व्यस्त शहरहरूमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ।
कामकाजी व्यक्तिदेखि व्यवसायी सम्मलाई मोटरसाइकल नभई नहुने भइसकेकोले मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ।
साथै नेपालमा सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु, ट्राफिक जामको समस्या आदिको कारण मोटरसाइकल तथा स्कुटरको संख्यामा वृद्धि भएको जानकारहरू बताउँछन्।
नेपालमा बजाजका मोटरसाइकल लोकप्रिय छ। बजाजले विभिन्न आर्थिकस्तर भएका र रुचि भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारको मोटरसाइकल बजारमा ल्याएको छ।
भर्खरै मात्र बजाजले आफ्ना मोटरसाइकलको मूल्य परिमार्जन गरेको छ। हामीले यहाँ परिमार्जित मूल्य उल्लेख गरेका छौं।
क्र.सं. | मोडल | नयाँ मूल्य |
१ | प्लाटिना १०० इएस | १,८१,९०० |
२ | डिस्कभर १२५ ड्रम | १,९९,९०० |
३ | डिस्कभर १२५ डिस्क | २,०६,९०० |
४ | डिस्कभर १२५ एसटी | २,१७,९०० |
५ | पल्सर १२५ डिस्क | २,३४,९०० |
६ | पल्सर १५० | २,६३,९०० |
७ | पल्सर १५० टिडी | २,८०,९०० |
८ | पल्सर १६० एनएस टिडी एबिएस | ३,०२,९०० |
९ | पल्सर २२० एफ एबिएस | ३,४७,९०० |
१० | पल्सर २०० एनएस एबिएस | ३,४९,९०० |
११ | पल्सर २०० एनएस एफआई एबिएस | ३,७२,९०० |
१२ | एभेन्जर १६०स्ट्रिट एबिएस | ३,२९,९०० |
१३ | एभेन्जर २२० क्रुज | ३,५४,९०० |
१४ | डोमिनार २५० एबिएस | ४,९४,९०० |
१५ | योमिनार ४०० एबिएस | ५,६९,९०० |