नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्दले नयाँ वर्षको अवसरमा बजाज शून्य अफर ल्याएको थियो। सोही अफरबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जितिसकेको कम्पनीको भनाइ छ।
धनुषा जिल्लाका लग्मा निवासी रोसन साफिले ओम अटोमोबाइल, जनकपुरबाट बजाजको पल्सर १५० बाइक किन्दा ६ वटा शून्य प्राप्त गरेर १० लाख जित्न सफल भएका छन्।
यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट किन्नु पर्नेछ।
बजाजका कुनै पनि बाइक किन्दा ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किन्न सक्छन्।
साथै एसएमएस मार्फत् पाएका आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएस मार्फत् ४ देखि ६ वटासम्म शून्य पाएर १० लाखसम्म जित्न सक्छन्।
यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि १० हजार निश्चित रुपमा पाउने कम्पनीको भनाइ छ।
यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुनेछ।