प्रोटोनको नयाँ गाडी नेपाली बजारमा आउने भएको छ।
नेपाली बजारमा आधिकारिक वितरका रुपमा रहेको जगदम्बा मोटर्सले प्रोटोनको नयाँ गाडी एक्स७० गाडी नेपालमा आउन लागेको जानकारी दिएको छ।
मलेसियन अटोमोबाइल्स ब्रान्ड प्रोटोनको चर्चित मोडल प्रोटोन सागा यसअघि नै नेपाली बजारमा आइसकेको छ। नेपाली बजारमा आएको छोटो समयमै यसले उपभोक्ताको राम्रो प्रतिक्रिया पाएको कम्पनीले जानकारी दिएको छ।
प्रोटोन एक्स ७० गाडी भने यही अप्रिल २८ मा भर्चुअल रुपमा सार्वजनिक गरिने छ। यो गाडीका फिचर्स तथा मूल्यका बारेमा सोही दिन जानकारी दिने कम्पनीले बताएको छ।