होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया (एचएमएसआई)ले उत्पादन रोक्ने भएको छ। कम्पनीले सो निर्णय बिहीबार सार्वजनिक गरेको हो।
कोरोना महामारी र लकडाउनका कारण एचएमएसआईले आफ्नो उत्पादनका कामहरू अस्थायी रूपमा रोक्ने निर्णय गरेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले लेखेको छ।
हाललाई कम्पनीले उत्पादन यही मे १ देखि मे १५ सम्मलाई रोकेको हो।
होन्डा मोटरसाइकल र स्कुटर इन्डियाको उत्पादन हरियाणाको मनेस्कार, राजस्थानको तपुकारा, कर्नाटकको नर्सापुरा र गुजरातको भिथालापुरबाट हुँदै आएको छ।
हाललाई यी चारै ठाउँबाट हुने काम रोकिने भएको हो।
एचएमएसआईका अनुसार कम्पनीले मे १५ पछि काम पुनः सुरु गर्ने वा नगर्ने भन्ने निर्णय महामारी र लकडाउनको अवस्था अनुसार गर्नेछ।
उत्पादन बाहेक कम्पनीको अन्य काम भने घरबाटै हुने बताइएकाे छ।
मोटोकर्प, टोयोटा किर्लोस्कार मोटर र एमजी मोटरले समेत आफ्नो उत्पादनको काम अस्थायी रूपममा रोकेको छ।