अप्रिलियाले दुई नयाँ मोडलका बाइक सार्वजनिक गरेको छ। कम्पनीले बुधबार आरएस–१२५ र टुनो–१२५ सार्वजनिक गरेको हो।
कम्पनीले यी बाइक छिट्टै अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरू गर्ने जनाएको हिन्दुस्तान टाइम्सले लेखेको छ।
यी दुवैको बाहिरी आवरण परिमार्जित गरिएको देखिन्छ। दुवै बाइक निकै आकर्षक डिजाइनमा तयार भएको छ।
यी बाइकहरू युरो–५ इमिसनको मापदण्ड अनुरुप तयार भएको कम्पनीले बताएकाे छ। १२४.२ सिसी क्षमता भएको यी बाइकमा सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन जडान गरिएको छ।
यसले १० हजार ७ सय ५० आरपिएममा १५ बिएचपी पावर र ८ हजार २ सय ५० आरपिएममा १०.९ एनएमको टर्क जेनेरेट गर्छ।
यसमा ६ स्पीड गियरबक्स छ।
नेपालमा यी बाइकहरू कहिले सार्वजनिक हुन्छ भन्ने यकिन छैन।
तर केही समय अघि मात्रै दुगर्ड ब्रदर्स एन्ड सन्सले अप्रिलियाको म्याक्सी स्कुटर एसएक्सआर–१६० सार्वजनिक गरेको थियो।
मूल्यको कारण स्कुटर चर्चाको विषय समेत बनेको थियो।
अप्रिलिया एसएक्सआर–१६० को नेपाली बजार मूल्य ४ लाख ९ हजार ९ सय तोकिएको छ।
हालै सार्वजनिक आरएस १२५ र टुनो–१२५ को नेपाली बजार मूल्य भने अहिलेसम्म तोकिएको छैन।