नेपालका लागि टाटा मोटर्सको अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्गले कोरोना भाइरस महामारी विरूद्ध अग्रपंक्तिमा कार्यरत ब्यक्तिहरुका लागि बिशेष योजना सार्वजनिक गरेको छ।
यस प्रतिकुल परिस्थितिमा निरन्तर सेवा पुर्याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरु यस योजनामा सहभागि हुन सक्नेछन्।
यस योजना अनुसार विशेष नगद छुट १ लाख ५० हजारका साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुलाई थप ५० हजार नगद छुट दिइने छ।
टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार एक्सचेन्ज बोनस र टाटाको गाडीसँग टाटाको गाडी साट्दा लोयल्टी बोनस स्वरुप ३० हजार रूपैयाँ प्राप्त गर्न सकिने छ।
साथै गाडीहरुको होम डेलिभरीको सुविधा रहेको कम्पनीले बताएको छ। कम्पनीले यो योजना वैशाख १८ गतेदेखि जेठ १७ गतेसम्म लागू गरेको छ।
साथै, यस आपतकालीन समयमा कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा टोल फ्री नम्बर १६६००१५५७७७(एनटिसी) र ९८०१५७५७७७(एनसिएल) मा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ।