महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले नयाँ बोलेरो युटिलिटी सवारी सार्वजनिक गर्ने भएको छ। कम्पनीले सन् २०२१ मै नयाँ एक्सयुभी–७०० भारतमा सार्वजनिक गर्दैछ।
सोही समय कम्पनीले नयाँ बोलेरो पनि सार्वजनिक गर्ने भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार कम्पनीले नयाँ बोलेरो निर्माण काम गोप्य रूपमा गरिरहेको छ।
सार्वजनिक हुन लागेको नयाँ बोलेरोको अपडेट मोडल सानदार हुने अनुमान लगाइएको छ। यो डुअल टोन रंगमा उपलब्ध हुनेछ।
यसको हेडल्याम्प संशोधित हुनेछ भने फग लाइट र रिअर मिरर (गाडी बाहिरको ऐना) पनि संशोधित हुनेछ। समग्रमा भन्नुपर्दा नयाँ बोलेरोको बाहिरी आवरण आकर्षण हुनेछ।
यो गाडीमा बिएस ६ कम्प्लयान्ट १.५ लिटर, ३ सिलिन्डर एमहक डिजल इन्जिन समावेश गरिएको छ। जसले ७५ बिएचपीको पावर र २१० एनएमको टर्क जेनेरेट गर्छ।
महिन्द्राको चार पाङ्ग्रे सवारीमध्ये बोलेरो अत्याधिक बिक्री हुने सवारीमा पर्छ। भारतमा बोलेरोको सुरुआती मूल्य भारु ८ लाख ४० हजारदेखि ९ लाख ३९ हजारसम्म पर्छ।
तर नयाँ सार्वजनिक हुन लागेको बोलेरोको मोडलको सुरुवाती मूल्य नै भारु ८ लाख ५० हजार हुने भनिएको छ। तुलनात्क रूपमा नयाँ मोडलको बोलेरो महंगो हुनेछ।
महिन्द्राले यही वर्ष अन्य एसयुभीहरू पनि सार्वजनिक गर्दैछ। यसमा बोलेरोको एक्युभी–७००सँगै न्यु जेनेरेसन स्कोर्पियो, बोलेरो निओ र अरू विद्युतीय कारहरू छन्।
महिन्द्राको ब्याट्री कारहरू यसै वर्ष सार्वजनिक हुन्छ या हुँदैन भन्ने पक्का भएको छैन।