हस्कभर्नाले नयाँ विद्युतीय स्कुटर हस्कभर्ना भेक्टोरको कन्सेप्ट भर्जन सार्वजनिक गरेको छ। यो हस्भर्नाको पहिलो विद्युतीय स्कुटर हो।
हस्कभर्नाले गत अप्रिलमा पहिलो पटक ई–पिलेन कन्सेप्टको भिडिओ टिजर सार्वजनिक गरेको थियो।
भेक्टोरको बाहिरी आवरण स्टाइलिस र स्पोर्टी छ। स्कुटर पूर्णतया नयाँ अवधारणमा तयार भएको छ। यसको आफ्नै पृथक डिजाइन छ।
यो विद्युतीय स्कुटर बजाज चेतक इलेक्ट्रिक स्कुटरमा आधारित छ।
स्कुटरको अगाडिको भागमा हस्भर्नाको सिग्नेचर स्टाइलको गोलो एलइडी हेडल्याम्प छ। यसको अन्य बनावटहरू पनि गोलाकार धारमा डिजाइन गरिएको छ। कालो र सेतो रंगको संयोजन र अलोय ह्विलको बाहिरी भागमा खिचिएको चम्किलो पहेंलो रंगको आउटिङले स्कुटरलाई निकै आकर्षक देखाएको छ।
भेक्टोरको अवधारणा झट्ट हेर्दा सरल र चाखलाग्दो देखिन्छ।
कम्पनीका अनुसार यसको टप स्पिड ४५ किलोमिटर प्रति घण्टाको हुनेछ। एक पटक गरेको चार्जमा यो ९५ किलोमिटरसम्म चल्छ। भन्नाले झन्डै ५९ माइल्स गुड्ने क्षमता हुनेछ। स्कुटर शहरी क्षेत्र केन्द्रित हो।
हस्कभर्नाको भेक्टोर ई–स्कुटर सन् २०२२ मा सार्वजनिक हुने अनुमान लगाइएको छ। यो स्कुटर बजाज पाइरर मोबिलिटी योजना अनुरुप बजाजको कारखानामा उत्पादन हुँदैछ।