यामाहाले १२५ सिसी मोटरसाइकलको पोर्टफोलियो विस्तार गरेको छ। हालै कम्पनीले युरोपियन बजार लक्षित नयाँ एक्सएसआर १२५ नियो-रेट्रो रोडस्टर सार्वजनिक गरेको छ।
एक्सएसआर १२५ पहिलेको एमटी-१२५ र आर-१२५ को इन्जिनमै आधारित भएर उत्पादन गरिएको छ।
यो बाइकको बस्ने सिट भने एक्सएसआर १५५ को तुलनामा होचो छ। एक्सएसआर १२५ दैनिकी प्रयोजनको लागि निर्माण गरिएको कम्पनीले बताएको छ। विशेषगरी सहरी भेगमा चलाउनका लागि निर्माण गरिएको यो बाइकमा विभिन्न नयाँ फिचरहरू पनि छन्।
बाइकको बाहिरी आवरण झट्ट हेर्दा एक्सएसआर १५५को जस्तै देखिन्छ। तर एक्सएसआर १५५को तुलनामा एक्सएसआर १२५को अलि ठूलो आकार र डिजाइन छ। जसले गर्दा बाइक पृथक देखिन्छ।
बाइकको अगाडि भागमा गोलो आकारको हेडल्याम्प छ। यसको इन्दन ट्याङ्क पनि गोलो आकार कै छ। जसको वरिपरि कालो स्ट्राइपले आउटलाइन गरिएको छ। बाइकको टेल लाइट समेत गोलो आकारको छ।
एक्सएसआर १५५को तुलनामा एक्सएसआर १२५ अग्लो पनि छ। एक्सएसआर १२५ दश एमएम अग्लो छ।
१२५ सिसीको एक्सएसआर १२५ मा सिंगल-सिलिन्डर, लिक्विड-कुल्ड इन्जिन प्रयोग भएको छ। जसले १५ पिएस पावर र ११.५ एनएमको टर्क जेनेरेट गर्छ। यसमा युरो ५ मा आधारित इन्जिन छ।
यो बाइक भारतीय बजारमा पनि छिट्टै सार्वजनिक हुन सक्ने अनुमान लगाइएको छ। यामाहा मोटर इन्डिया पनि एफजेड-एफआइ अन्तर्गतको एफजेड-एक्स सार्वजनिक गर्ने तयारीमा छ।