डुकाटीले भारतमा आफ्नो मल्टिस्ट्राडा ९५० एस को जिपी ह्वाइट सार्वजनिक गर्ने भएको छ। इटालियन बाइक निर्माता कम्पनी डुकाटीले गत वर्षको जुलाईमा यो मोडलको बाइक सार्वजनिक गरेको थियो। सोही मोडल र रंगको बाइक अब भारत उपलब्ध हुने भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार कम्पनीले आफ्नो सामाजिक संजालमार्फत् भारतमा बाइक सार्वजनिकको घोषणा गरेको हो। साथै कम्पनीले बाइकको मूल्य तोकेको छ।
उक्त बाइकको मूल्य भारतीय बजारमा भारु १५ लाख ६९ हजार तोकिएको छ। यसभन्दा अघि भारतमा सोही मोडलको रातो रंगमा मल्टिस्ट्राडा ९५० एस जिपी रेड सार्वजनिक भएको थियो। जसको बजार मूल्य भारु १५ लाख ४९ हजार तोकिएको थियो।
डुकाटी मल्टिस्ट्राडा ९५० एस जिपी ह्वाइटमा मल्टिस्ट्राडा ९५० एस डुकाटी रेडमा जत्तिकै इन्जिन क्षमता छ। यसमा ९३७ सिसी एल(ट्विन, लिक्विड(कुल्ड मोटर इन्जिन प्रयोग भएको छ।
जसले ९ हजार आरपिएममा १ सय ११ बिएचपीको पावर र ७ हजार ७ सय ५० आरपिएममा ९६ एनएमको टर्क जेनेरेट गर्छ। बाइकमा ६ स्पिड गियर छ। यसको औसत तौल जम्मा २ सय ३० किलोग्रामको छ।
मल्टिस्ट्राडा ९५० एस मा थुप्रै विद्युतीय फिचरहरू पनि समावेश छन्। जस्तै डुकाटी क्विक सिफ्ट अप एन्ड डाउन ९डिक्युएस०, डुकाटीको कर्नरिङ लाइटसँगै पूर्ण एलइडी हेडलाइट, ५ इन्चको टिएफटी डिस्प्ले, विद्युतीय सस्पेन्सन, ह्यान्ड्स(फ्री सिस्टम, ब्याकलिट ह्यान्डलबार कन्ट्रोल, एबिएस सिस्टम इत्यादी जस्ता विेशेषता मल्ट्रस्ट्राडा ९५० एसमा पाउन सकिन्छ।
त्यस्तै यो बाइकमा चार वटा राइडिङ मोड छन्( स्पोर्ट, टुरिङ, अर्बन र एन्डुरो। बाइकमा अलोए ह्वील र स्पोक्ड ह्वीलको विकल्प छन्।
मल्टिस्ट्राडा ९५० एसको भारतीय बजारमा मूल्य भारु १५ लाख ४९ हजारदेखि सुरू हुन्छ। यो बाइकले ट्रम्फ ब्रान्डको टाइगर ९०० जिटी र बिएमडब्युको एफ ९०० एक्सआरसँग प्रतिस्पर्धा गर्ने अनुमान लगाउन सकिन्छ।
नेपालमा भने डुकाटीको मल्टिस्ट्राडा ९५० एस जिपी ह्वाइट सार्वजनिक हुनेमा अझै एकिन छैन।